×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रुखमा झुन्डिएको अवस्थामा अछामका दुई किशोरी मृत फेला

रुखमा झुन्डिएको अवस्थामा अछामका  दुई किशोरी मृत फेला

काठमाडौं । अछामा दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
अछामको तुर्माखाँद  गाउँपालिका-६ मा दुई जना किशोरी एउटै रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा बिहीबार मृत फेला परेका हुन् ।

अछामका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले दुई जना किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेको जानकारी आए पनि विस्तृत जानकारी आउन भने बाँकी रहेको बताए ।
घटनाबारे जानकारी पाउनसाथ प्रहरी निरीक्षकको टोली घटनास्थल तर्फ गइसकेको छ 
 

तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बिसीका अनुसार वडा नम्बर ६ का दुई किशोरी घरदेखि झन्डै ५/७ सय मिटरको दूरीमा रहेको वनकझ रुखको एउटै हाँगामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
उनले भने, ‘दुवै जना किशोरी १७ गतेदेखि सम्पर्कविहीन थिए । घरका आफन्तहरूले खोजी गर्ने क्रममा आज बिहान घरदेखि केही दूरीमा रहेको वनमा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।’

अध्यक्ष बिसीका अनुसार मृत फेला पर्नेमा एक जना १५ वर्ष र अर्की १३ वर्षकी किशोरी हुन् । १६ वर्षकी किशोरी विवाहित हुन् । उनको परिवारका अन्य सदस्यहरू रोजगारीका लागि भारतमा छन् । उनी पनि एक महिना अघि मात्रै घर फर्किएकी थिइन् ।

प्रतिकृया दिनुहोस्