लगातार दुई दिन स्थगित नेकपा एमालेको स्थायी कमिटी बैठक आज मंगलबार बस्दैछ। बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
यसअघि आइतबार साँझ डाकिएकाे बैठक साेमबार बिहानका लागि सारिएकाे थियाे। तर, 'आन्तरिक कारण' भन्दै बैठक स्थगित गरिएको थियो।
एमालेले यसअघि १२ जना सांसदलाई स्पष्टीकरण सोधेको थियाे। मंगलबारकाे बैठकले ती नेतामाथि के कस्ताे कारबाही गर्नेबारे निर्णय लिनेछ भने लुम्बिनी प्रदेशको उपनिर्वाचनबारे समीक्षा गर्नेछ।
लुम्बिनीमा एमाले माधवकुमार नेपाल पक्षले विपक्षी गठबन्धनलाई साथ दिँदा पार्टीका उम्मेदवार हारेका छन्।
यसअघि एमालेले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेकाे छ।