×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विश्व

सामाजिक दूरी पालना नगरेपछि ब्रिटेनका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

सामाजिक दूरी पालना नगरेपछि ब्रिटेनका स्वास्थ्यमन्त्रीले दिए राजीनामा

ब्रिटेनका स्वास्थ्यमन्त्री मैट हैनककले पदबाट राजीनामा दिएका छन्।

सामाजिक दूरी उल्लंघन गरी स्वास्थ्य मन्त्रालयमा आफूसँग काम गर्ने सहकर्मीलाई चुम्बन गरेको आरोप उनीमाथि लागेको थियो।

प्रधानमन्त्रीलाई लेखेको पत्रमा उनले भनेका छन्,‘यस महामारीमा धेरै मानिसको ज्यान गएको छ। उनीहरूसँग केही गलत भएको छ भने इमानदार बन्नु हाम्रो जिम्मेवारी हुन्छ।’

कोरोना मापदण्ड उल्लंघन गरेको भन्दै हैनककले माफी मागेका छन्।

प्रधानमन्त्री बोरिस जौनसनले स्वास्थ्यमन्त्रीको राजीनामाबाट आफूलाई दुःख भएको बताएका छन्।
हैनककको स्थाना साजिद जावेदलाई नयाँ स्वास्थ्यमन्त्री बनाइएको छ।

हैनकक र स्वास्थ्य मन्त्रालयमा काम गर्ने महिला कोलाडंगेलोको तस्बिर सार्वजनिक भएको थियो। त्यो तस्बिर ६ मे मा खिचिएको बताइएको छ।


ब्रिटेनको सन नामक अखबारले तस्बिर छापेपछि स्वास्थ्यमन्त्रीलाई राजीनामा दिने दबाब बढेको थियो।
तस्बिर स्वास्थ्य मन्त्रालयमा खिचिएको अखबारले दाबी गरेको थियो।

हैनकक र कोलागडंगेलो दुबैजना विवाहित हुन्।

हैनककका पार्टीका सांसदका साथै विपक्षी लेबर पार्टीका सांसदका साथै कोरोनाका कारण मृत्यु भएको परिवारका एक समूहले उनको राजीनामा माग गरेका थिए।

प्रतिकृया दिनुहोस्