काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिरको निर्वाचनपछि पनि गठबन्धनकै भविष्य रहेको बताएका छन् ।
आइतबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको संयुक्त प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले गठबन्धन कायमै रहेपछि कुनै पनि समस्या समाधान गर्न सक्ने बताए ।
‘भोलि पनि भविष्य गठबन्धन दलकै छ । गठबन्धन भइसकेपछि हल गर्न नसकिने केही पनि छैन’, अध्यक्ष नेपालले गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गर्दै केही कानुनी अवरोध आए पनि ती समस्या समाधान गरेर अघि बढ्न सकिने बताए ।