काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रतिनिधि सभा संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । आजै बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसार संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो ।
केन्द्रीय समिति बैठकमा बालेनलाई दलको नेता चयन गर्ने प्रस्ताव सभापति रवि लामिछानेले गरेका थिए । उक्त प्रस्तावमाथि सर्वसम्मत निर्णय भएको प्रवक्ता मनिष झाले जानकारी दिए । रास्वपा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको थियो । बालेन झापा ५ बाट निर्वाचित भएका हुन् ।