काठमाडौं - लोकप्रिय गायक राजेश पायल राई रिहा भएका छन्। मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई प्रहरीले सचेत गराएर बिहीबार बिहान छोडेको हो।
उनलाई बिहान ९ बजेतिर साथीभाइको जिम्मा लगाएर छोडिएको बानेश्वर प्रहरी वृत्तले जनाएको छ । उनीसहित अन्य ४/५ जना रिहा भएको प्रहरीले बताएका छन् ।
आइन्दा त्यस्तो गतिविधि नगर्ने सर्तमा गायक राईसहितलाई रिहा गरिएको बानेश्वर प्रहरी वृत्तले जनाएको छ । मदिरा पिएर होहल्ला गरेको भन्दै स्थानीयले खबर गरेपछि प्रहरीले गायक राईसहितलाई विनायक नगर, नयाँ बानेश्वर क्षेत्रबाट गएराति पक्राउ गरेको थियो।