×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

नेपाल आइडलको डिजिटल अडिसन शुरु

नेपाल आइडलको डिजिटल अडिसन शुरु

गायन रियालिटी सो ‘नेपाल आइडल’को चौथो संस्करणको डिजिटल अडिसन सुरु भएको छ ।

कोरोनाका कारण प्रभावित रियालिटी शोको नयाँ संस्करण आज (मंगलबार)बाट सुरु भएको हो । डिजिटल अडिसनपछि छनौटमा परेकाहरूलाई फिजिकल अडिसन सञ्चालन गरी सहभागी गराइनेछ ।

डिजिटल अडिसनमा १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपाली नागरिक सहभागी हुन पाउनेछन् । एपी वान एचडी टेलिभिजनबाट प्रसारण हुँदै आएको यसको चौथो संस्करणमा निर्णायक को हुने भन्नेबारे भने टुङ्गो लागिसकेको छैन ।

अडिसन दिनका लागि आफ्नो मोबाइल फोनको ‘प्ले स्टोर’मा गएर एपिवानको  एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ ।  त्यसपछि अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरी त्यहाँ मागिएको विवरण भर्नुपर्नेछ । र, आफ्नै स्वरमा गाएको दुईवटा फरक विधाका गीत अपलोड गर्नुपर्नेछ ।

 
 

प्रतिकृया दिनुहोस्