×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फिल्म ‘नालापानी’लाई कर छुट दिन आग्रह, बोर्डले गर्‍यो अर्थ मन्त्रालयलाई पत्राचार

फिल्म ‘नालापानी’लाई कर छुट दिन आग्रह, बोर्डले गर्‍यो अर्थ मन्त्रालयलाई पत्राचार

काठमाडौँ- ऐतिहासिक फिल्म ‘नालापानी’लाई कर छुट दिन आग्रह गर्दै चलचित्र विकास बोर्डले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । बोर्ड अध्यक्ष भुवन केसीले नेपाल–अङ्ग्रेजबिचको नालापानी युद्धबारे बनेको फिल्मलाई कर छुट दिन पहल गरेको बताए ।

यसबारे बुधबार सञ्चार सचिव वैकुण्ठ अर्यालसँग भेटेर पनि अध्यक्ष केसीले यस विषयमा आग्रह गरेका थिए । यसबारे केसीले भने, ‘नेपालको गौरव गाथा बोकेको फिल्म पनि भएकाले बोर्डले विशेष फिल्म घोषणा गरी राष्ट्रपतिबाट सम्मान प्राप्त गरिसकेको छ । सोहीअनुसार मैले कर छुटको लागि योग्य छ भनेर पत्राचार गरेको हुँ ।’

हलमा देखाइने विज्ञापन खर्चमा पनि सहजीकरण गर्न आफूले पहल गरेको उनले बताए । केसीले यस प्रकारका राष्ट्रिय गौरव बोकेका फिल्मलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने आफ्नो उद्देश्य रहेको बताए ।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधार बनाएर ‘नालापानी’ निर्माण भएको हो ।

 

प्रतिकृया दिनुहोस्