×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सडकका खाल्डा पुर्न थाल्यो पोखरा महानगर

सडकका खाल्डा पुर्न थाल्यो पोखरा महानगर

पोखरा- पोखरा महानगरपालिकाले सडकका खाल्डाखुल्डी पुर्ने भएको छ । महानगरमा नयाँ जनप्रतिनिधि आएसँगै ढल र नाला सफाइ गरिएकोमा अब खाल्डाखुल्डी पुर्न थालिएको हो । अभियानमा मेयर धनराज आचार्य आफै होमिएका छन् ।

३३ वटै वडामा ढल र नाला सफाइ अभियानलाई निरन्तरता दिइएको छ । नगरमा डुलिहिड्ने छाडा चौपायालाई देख्नेवित्तिकै कान्जी हाउस पु-याउन थालिएको छ ।
शनिबारदेखि भने सडकका खाल्डा पुर्ने अभियान सुरु भएको छ । यसका लागि पूर्वाधार महाशाखा प्रमुख पूर्ण गुरुङको नेतृत्वमा समूह नै बनेको छ । मुख्य सडक र सहायक सडकमा खाल्डा परेर गाडी गुड्न समस्या भएपछि तत्कालै खाल्डा पुर्न थालिएको हो ।

गुरुङका अनुसार खाल्डा परेको थाहा पाएपछि तीनदिन भित्रमा पुरिसक्ने अभियान थालिएको हो । ‘खाल्डा परेको जानकारी महानगरलाई आउनुपर्छ । त्यसको ३ दिनभित्र पुरिसक्छौं,’ उनले भने, ‘यसलाई अझै द्रुत बाटोबाट गर्ने प्रयास गर्नेछौं ।’ शनिबार पोखरा वडा नम्बर ५ का विभिन्न सडकको खाल्डा पुरिएको छ ।

 

कालोपत्रे गर्ने अलकत्रा बनाउन भने समस्या छ । त्यसका लागि छुट्टै प्रविधि भित्र्याउनुपर्ने सव इन्जिनियर नेत्र तिमिल्सीना बताउँछन् । ‘खाल्डा पुर्ने काम सजिलो छैन । हेर्दा सानो भएपनि काम निकै कष्टपूर्ण छ । अलकत्रा जतापायो त्यहिँ पोल्न मिल्दैन,’ उनले भने, ‘प्रदुषण हुन दिन पनि भएन । झण्झट कम हुने गरी प्रविधिको विकास गर्नुपर्छ । त्यसको खोजीमा महानगर लागेको छ ।’

 

प्रतिकृया दिनुहोस्