×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमाले कास्कीको अध्यक्ष मनबहादुर गुरुङ निर्वाचित

एमाले कास्कीको अध्यक्ष मनबहादुर गुरुङ निर्वाचित

पोखरा । नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी दामोदर बैरागीलाई ४९ मतको फराकिलो अन्तरले पराजित गर्दै गुरुङ विजयी भएका हुन् । गुरुङ हाल कार्यवाहक अध्यक्ष थिए भने बैरागी सचिव हुन् ।

बुधबार बिहान सकिएको अन्तिम मत परिणाम अनुसार गुरुङले ४ सय ५६ मत ल्याए भने बैरागीले ४ सय ७ मत ल्याएका छन् । ४ दिनसम्म सर्वसम्मतको प्रयास गर्दा समेत कुरा नमिलेपछि मतदान प्रक्रियामा गएको हो । उपाध्यक्षमा गुरुङ प्यानलकै तेजनारायण अधिकारी विजयी भए । उनले ४ सय २१ मत ल्याउँदा बैरागी प्यानलका प्रभा कोइरालाले ४ सय १३ मत पाइन् ।

सचिव र उपसचिवमा बैरागी प्यानलले जित निकालेको छ । सचिवमा बैनबहादुर अधिकारी क्षेत्री ४ सय ७५ मत सहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी विष्णुबहादुर केसीले ३ सय ६४ मत मात्रै पाए । उपसचिवमा दर्शन लामा (५४०) र नवराज ओझा (४४३) विजयी भएका हुन् । गुरुङ प्यानलका इमान पौडेल र मनबुजा विक पराजित भए । कास्कीको नेतृत्व चयनका लागि ८ सय ९५ जनाले मतदान गरेका थिए । यहाँ ९ सय १९ जना मतदाता अधिवेशनका लागि छानिएका हुन् ।

कास्कीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीले छुट्टाछुट्टै प्यानल बनाएका थिए । गुरुङले पृथ्वीसुब्बाको समूहलाई नेतृत्व गरेका हुन् भने बैरागीले अधिकारीको निमित्त भएर उम्मेदवारी दिएका हुन् ।

प्रतिकृया दिनुहोस्