काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाएका छन् ।
विपक्षी गठबन्धनले सोमबार संघीय संसद भवनको ल्होत्से हलमा वुद्धिजीविसंग गरेको अन्तर्क्रियामा बोल्दै उनले संविधानले दिएको जिम्मेवारी र कर्तव्य पूरा नगरेर राष्ट्रपति भण्डारीले आफ्नो गरिमा समाप्त गरेको टिप्पणी गरेका हुन् ।
संसद्को कुनै पनि सांसदले बहुमत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुन सक्ने व्यवस्था संविधानले गरेको उल्लेख गर्दे उनले बहुमत पुराएर प्रस्ताव लैजाँदा पनि राष्ट्रपतिले संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको कार्यकर्ता बनेको दोहोर्याए ।
देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?’ भनी प्रश्न गरेका थिए । ‘रेस्पेक्ट गर्न सक्ने व्यक्तिले देश बनाउँछ । छुद्र भाषामा बोलेर केही हुँदैन । छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?’ देउवाले भने ।