एजेन्सी - आइपिएलमा चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनीलाई १२ लाख भारु अर्थात १९ लाख २० हजार रुपैयाँ जरिवाना जरिवाना लागेको छ ।
शनिबार राती सम्पन्न दिल्ली क्यापिटल्ससँगको खेलमा स्लो ओभर रेटको कारण धोनीलाई सो जरिवाना लागेको हो ।
आइपिएलको नियम अनुसार २० ओभरमा ९० मिनेटमा सक्नुपर्ने हुन्छ ।
पहिलो खेलमा दिल्लीले चेन्नई सुपर किंग्सलाई ७ विकेटले हराएको थियो । जितको लागि १ सय ८९ रनको विजयी लक्ष्य दिल्लीले १८.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको थियो ।
दिल्लीका ओपनर पृथ्वी शा ७२ र शिखर धवन ८५ रनको योगदान दिएका थिए ।
धोनीले आइपिएल भारतीय समय अनुसार ७:३० बाट सुरु हुँदा सुरुमा ब्याटिङ गर्ने टोलीलाई केहि घाटा हुने बताएका छन् ।
धोनीले ३० देखि ४० मिनेट ढिला सुरु गर्नुपर्ने बताएका छन्
। १ सय ८८ रनको योगफलमा जित्न नसकेपछि सोधिएको प्रश्नमा जवाफ दिँदै धोनीले भने, ‘सुरुमा ब्याटिङ कठिन थियो । ब्याट्सम्यानको सोच सितमा नै हुन्छ ।
तर एकपटक सित परेपछि वानखडे स्टेडियम ब्याटिङ गर्न सहज हुन्छ ।’
चेन्नईले आफ्नो दोस्रो खेल १६ अप्रिलमा पन्जाब किंग्ससँग खेल्ने छ ।