"म र बागमती"
गाउँमा विद्यालय छैन ,सुविधा छैन विकाशको लागी बनेका सोचहरू ।
तिमी फोहोरमा खेल्छौ , ढलमा बग्छौ ,सहरमा रुन्छौ ।।
शिवपुरी सुन्दरीजलका कलकल छालहरू ।।
तिमीलाई प्रयोग गरेर खेति गर्ने रे
तिमीलाई प्रयोग गरेर बिद्युत निकाल्ने रे
तिमीलाई अपहरण गरेर अस्मिता लुटेर
चोभारको खोचबाट फाल्ने नगरवाशीहरू।।
किन मेरो सम्मान गर्दैनन् ?किन मेरो चाहना बुझ्दैनन् ?
सिंहदरबारमा बस्ने राजनेताहरु ।।
यस्तै हो गाउँबाट आएका विद्यार्थीहरूको कहानी हरु
बिल्कुलै बागमती,बिल्कुलै अरूले गर्ने व्यवहारहरू
भर्खरै फेरिएका यी मेरा सासहरु।।
कहिले गर्ने सम्मान विकास ,कहिले गर्ने सम्मान व्यवहार
कहिले लाने कर्णालीमा सडक ,कहिले लाने गाउँमा विद्यालय अनि स्वास्थ्य ।।
संविधान भवनमा मोजमस्ती गर्ने बाझहरू ।।
गरीबलाई सहयोग , अशिक्षित लाई शिक्षा कहिले दिने ?
धनी अनि शिक्षित भनाउँदा यी घमण्डीहरु ।।
शिवपुरी सुन्दरीजलका मेरा पाखाहरु
नाच्दै गाउँदै आएका मेरा छालहरू। ।
बागमती!तिमी चोभार काट्ने बितिकै स्वास फेर्छौ?
मुसुक्क हाँस्छौ ,पहिलाको जस्तै कलकल वग्छौ ।
सुन्दरीजल चोभारको ती मनमोहन छालहरू।।
म स्वार्थी संसारमा स्वार्थीहरुका अपहरणमा परेको छु ।।
मेरो देशको देशप्रेमी युवाहरु ।
म पनि गाउँसमाज अनि देशबिकाशमा लाग्नेछु
पूर्वपश्चिम गाउँबेसी बाट आएका विद्यार्थी साथिहरु ।।
शिवपुरी सुन्दरीजल अनि पाखाहरु ।।
नाच्दै अनि गाउँदै आएका मेरा छालहरू ।।