×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आईसीसी लिग २: रोहितको कीर्तिमानी शतकमा नेपालद्वारा क्यानडा २४ रनले पराजित

आईसीसी लिग २:  रोहितको कीर्तिमानी शतकमा नेपालद्वारा क्यानडा २४ रनले पराजित

काठमाडौँ - ओमानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको रोमाञ्चक खेलमा नेपालले क्यानडालाई २४ रनले पराजित गरेको छ। नेपालले दिएको २ सय ३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २ सय ११ रन बनाउँदा सबै विकेट गुमाएर समेटियो।

पहिले ब्याटिङ गरेको नेपालले १० रनमै २ विकेट गुमाएर खराब सुरुवात गरे पनि कप्तान रोहित पौडेलको १ सय २५ बलमा ८ चौका र १ छक्कासहित १ सय १ रनको शतकीय पारीका मद्दतले ५० ओभरमा २ सय ३५ रन बनाएको थियो। एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) मा तेस्रो शतक प्रहार गर्दै रोहित नेपालका लागि ३ शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बनेका छन्। नेपालका लागि गुल्सन झाले ३४ बलमा ४८ रन तथा बसिर अहमदले ३० रनको योगदान दिए।

जवाफी ब्याटिङमा उत्रिएको क्यानडाका लागि आरोन जोहनसनले ४४ र समित गोहेलले ३५ रन बनाए पनि नेपाली बलरसामु क्रिजमा टिक्न सकेनन्। नेपालका लागि सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी र नन्दन यादवले समान २-२ विकेट लिए। यो जितसँगै नेपाल ३३ खेलबाट २६ अङ्क जोड्दै तालिकाको छैटौँ स्थानमा उक्लिएको छ भने क्यानडा २५ अङ्कसहित सातौँ स्थानमा झरेको छ।

प्रतिकृया दिनुहोस्