काठमाडौँ - नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीतर्फ उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भई अन्तिम परिणाम सार्वजनिक भएको छ।
उपसभापति खुला र समावेशी नतिजा: खुला उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारी सर्वाधिक ३ हजार ७३५ मत ल्याएर पहिलो स्थानसहित विजयी भएका छन् भने ई. मधु आचार्य २ हजार ३४२ मत प्राप्त गरी निर्वाचित भएका छन्। पराजित उम्मेदवारहरू गोविन्द भट्टराईले १,७५२, सुरेन्द्रराज पाण्डेले १,६७३, धनराज गुरुङले १,५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरे। यस्तै, समावेशी उपसभापतिमा बिनोदकुमार चौधरी १ हजार ७४५ मतका साथ विजयी भएका छन्, जहाँ उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १,६५८ मत ल्याएका थिए।
महामन्त्री खुला र महिला नतिजा: खुला महामन्त्रीतर्फ प्रदीप पौडेल सर्वाधिक ४ हजार १९४ मतका साथ पहिलो स्थानमा र उदयशमशेर राणा २ हजार ३३० मत ल्याएर निर्वाचित भएका छन्। प्रतिस्पर्धामा रहेका डा. सुनिलकुमार शर्माले २,२५७, गुरुराज घिमिरेले १,५१३, नैनसिंह महरले १,१३४, अमरसिंह पुन मगरले १,१२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत पाए। उता महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् भने उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २,८६४ र रीता खनालले ८०४ मत प्राप्त गरेका छन्।