धाम र जुनको मुल्याकन गर्ने एक हिसाबी रहेछौ
चोखो प्रेमको बलिदान माग्ने एक निसाबी रहेछौ
साँचो प्रेम लत्याएर धनको गुन गाउने एक व्यापारी रहेछौ
साँच्चै तिमी त झुठो प्रेमको निशानी रहेछौ
आफ्नो प्रेम रोइरहेको दिन हाँस्दै जाने एक शत्रु रहेछौ
प्रेमलाई पिँजडामा थुन्ने एक कैदी रहेछौँ
स्वतन्त्र प्रेमको तिमी हत्यारा रहेछौँ
साँच्चै भनौँ ? तिमी त एक पाजी रहेछौ
जिन्दगी सँग खेल्ने एक हरामी रहेछौँ
गुलाब देखे पछी कमल विर्सेने एक धोकेबाजी रहेछौ
माया गर्ने मुटुलाई छिया छिया पार्ने एक पापी रहेछौँ
चोखो मायाँलाई अपवित्र बनाउने एक प्यासी रहेछौ
प्यास मेटाई दोबाटोमामा छाडी दिने एक नालायक रहेछौँ
त्यसैले त भन्छु तिमी पाजी रहेछौँ ।