काठमाडौं- सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको हो।
मूल्य वृद्धिसँगै अब पेट्रोलको मूल्य १७० रुपैयाँ पुगेको छ। डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ पुगेको छ। बढेको मूल्य आज राति १२ बजेबाट लागु हुनेछ। हवाइ इन्धन र खान पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको निमगले जनाएको छ।