×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् ।

यही बुधबार नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका  उनले राजीनामा नदिई विश्वासको मत लिने निर्णय गरेका हुन् ।
यसका लागि उनले असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा समावेश गरिदिन संसद् सचिवालयलाई शुक्रबार पत्र लेखेका छन् ।


उनी पुस १०, ०७९ मा प्रधानमन्त्री भएका थिए । अहिलेसम्म उनले चार पटक विश्वासको मत लिइसकेका छन् ।

२५ पुस २०७९ मा पहिलो पटक विश्वासको मत लिएका प्रचण्डलाई त्यति बेला प्रतिनिधिसभामा रहेका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।


तर २०७९ फागुनमै एमालेसँग सहकार्य तोडेर कांग्रेससँग गठबन्धन बनाएका प्रचण्डले ६ चैत २०७९ मा विश्वासको मत लिएका थिए । त्यति बला उनले १७२ मत पाएका थिए ।

यस्तै, उनले फागुन ३० गते पनि तेस्रो पटक विश्वासको मत लिएका थिए । त्यो बेला उनले कांग्रेसलाई छाडेर एमालेसँग सहकार्य गरेका थिए ।

चौथो पटक उनले ७ जेठ २०८१ विश्वासको मत लिएका । त्यो बोला उपेन्द्र यादव नेतृत्वको जसपाले सरकार छाडेका कारण विश्वासको मत लिनुपरेको थियो । त्यो अवस्थामा प्रधानमन्त्रीको पक्षमा १५७ मत परेको थियो ।

अब असार २८ मा उनले कांग्रेस एमाले गठबन्धन बन्ने भएपछि विश्वासको मत लिन लागेका छन् । यो पटक उनको सरकार ढल्ने सम्भावना छ । किनकि १ सय ६६ जना सांसदको समर्थनमा नेकपा एमालेबाट केपी शर्मा ओली प्रधानमन्त्री बन्दै छन् ।

प्रतिकृया दिनुहोस्