×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जाभीको पहिलो खेलमा बार्सिलोनाको जित

जाभीको पहिलो खेलमा बार्सिलोनाको जित

काठमाडाैँ- प्रशिक्षकका रूपमा जाभी हर्नान्डेजले बार्सिलोनामा पहिलो जित निकालेका छन् । यसअघि क्लब समालेपछिको पहिलो खेलमा सेल्टाभिगोसँग पहिलो हाफमानै ३ गोलको अग्रता लिएपनि बराबरीमा चित बुझाएको बार्सिलोना शनिबार भने एकमात्र गोल जोगाउन सफल हुँदा तीन अंक हासिल गर्न सफल भयो ।

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार स्पानियोललाई १-० ले पराजित गर्दा ४८ औँ मिनेटमा मेम्फिस डिपेले पाएको पेनाल्टी निर्णायक बन्यो । जितपछि बार्सिलोनाको १३ खेलबाट २० अंक भएको छ। बार्सिलोना लिगको छैटौँ स्थानमा उक्लिएको छ । १७ अंकसहित स्पानियोल ११ औँ स्थानमा छ ।

शनिबार राति नै भएको खेलमा सेभिल्ला भने अलाभेससँग २-२ को बराबरीमा रोकियो । यद्यपि १३ खेलबाट २८ अंकसहित पहिलो स्थानमा पुगेको छ । २८ अंक नै भएको रियल सोसिडाड दोस्रो स्थानमा झरेको छ ।

ओसासुनालाई १-० ले पराजित गरेको एथ्लेटिको मड्रिड १३ खेलबाट २६ अंकसहित चौथो स्थानमा छ भने १२ खेलबाट २७ अंकसहित रियल मड्रिड तेस्रो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्