×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राप्रपाले जितेका झापाको दुई पालिकामा सार्वजनिक बिदा

राप्रपाले जितेका झापाको दुई पालिकामा सार्वजनिक बिदा

विराटनगर- झापाका दुई स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । झापाका कचनकवल र हल्दिबारी गाउँपालिकाले पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिकाले ‘राष्ट्रिय एकता दिवस’ भव्य रूपमा मनाउन सूचना निकालेर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कचनकवलका अध्यक्ष अन्जरा आलमले हस्ताक्षर गरेको सूचनामा गाउँपालिका मातहत सञ्चालित सबै निकाय, विद्यालय बन्द रहने जनाएको छ।

हल्दिबारीले पनि पालिकाका सबै कार्यालय तथा मातहतका सबै वडा समितिको कार्यालय, शैक्षिक संस्थामा बिदा गरिएको अध्यक्ष रवीन्द्र लिङ्देनले बताए।यी दुवै गाउँपालिकाका अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट निर्वाचित हुन् ।

 

प्रतिकृया दिनुहोस्