×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एनपिएलको उत्कृष्ट खेलाडीले कार पुरस्कार पाउने

एनपिएलको उत्कृष्ट खेलाडीले कार पुरस्कार पाउने

काठमाडौं - पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेटको इतिहासमै पहिलोपल्ट कार दिन लागेको घोषणा गरेका हुन्। 

क्यानले पहिलोपल्ट आयोजना गर्न लागेको फ्रेन्चाइजी प्रतियोगिता मंसिर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स भिड्ने छन्।
प्रतियोगितामा यी दुई टोलीबाहेक काठमाडौं गुर्खाज, लुम्बिनी लायन्स, चितवन राइनोज, पोखरा एभेन्जर्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स छन्।

‘नेपाली क्रिकेटको इतिहासमै पहिलोपल्ट कार दिन लागेका छौं। यो कार एनपिएलको उत्कृष्ट खेलाडीले चढ्नुहुनेछ,’ उनले भने। यद्यपि, उत्कृष्ट खेलाडीले पाउने कार सार्वजनिक गरिएको छैन।

प्रतिकृया दिनुहोस्