×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्रीकै चुनाव क्षेत्रमा योजना अलपत्र

प्रधानमन्त्रीकै चुनाव क्षेत्रमा योजना अलपत्र

काठमाडौं-गण्डकी प्रदेशमार्फत ठेक्का लागेका जिल्लाका केही योजनामा निर्माण कम्पनीहरुको चरम लापरबाही देखिएको छ । पटक पटक म्याद थप गरे पनि योजना अलपत्र छाडेर कतिपय ठेकेदार त सम्बन्धित कार्यालयको सम्पर्कमा समेत छैनन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चुनाव क्षेत्रमा पर्ने गोरखाको पालुङटारको राधाकृष्ण मन्दिर- कालामाटा- पौवाटार- बिरुवाटार- मिलनचोक- सलाङगिरी- हटिया- मझुवा सडक नौ महिनाअघि नै कालोपत्रे भइसक्नुपर्ने हो । तर कामको जिम्मा लिएको अमर कन्स्ट्रक्सन प्रालिको तीन पटक म्याद थप भइसक्दा समेत कामको भौतिक प्रगति ४५ प्रतिशत छ ।

प्रतिकृया दिनुहोस्