×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निषेधाज्ञाको उल्लंघन गर्दै भानुभक्त क्याम्पसद्वारा विद्यार्थी र अभिभावकको अभिमुखीकरण

निषेधाज्ञाको उल्लंघन गर्दै भानुभक्त क्याम्पसद्वारा विद्यार्थी र अभिभावकको अभिमुखीकरण

दमौली - तनहुँ जिल्ला प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लंघन गर्दै आदिकवि भानुभक्त क्याम्पसले शनिवार विद्यार्थी र अभिभावकसंग अभिमुखीकरणको आयोजना गरेको छ । क्याम्पसको कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थी र अभिभावकलाई क्याम्पसले अभिमुखीकरणमा सहभागी गराएको हो ।


जिल्ला प्रशासन कार्यालयले भदौ ७ गते जारी गरेको निषेधाज्ञामा भदौ १४ गते राती १२ बजेसम्म तालिम, समिनार तथा अन्य कार्यक्रम भर्चुअल रुपमा मात्र संचालन गर्न सुचना जारी गरेकोमा क्याम्पस प्रशासनले संयौ विद्यार्थी र अभिभावकको उपस्थितीमा अभिमुखीकरण कार्यक्रम संचालन गरेको हो ।
कक्षा ११/१२ का कार्यक्रम संयोजक चिरन्जिवी बस्नेतको संयोजकत्वमा भएको अभिमुखीकरण कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसको शैक्षिक निति तथा कार्यक्रम, विद्यार्थी सहायता र सिकाई सुविधाका सन्दर्भमा प्रकाश पारेका थिए। साथै शनिवार नै कक्षा ११ मा विज्ञान समूहमा नयाँ भर्ना भएका र छात्रवृत्तिका लागी आवेदन दिएका विद्यार्थी र उनीहरुको अभिभावक समेतको उपस्थितिमा छात्रवृत्ति अन्तवार्ता कार्यक्रम समेत सम्पन्न भएको क्याम्पस प्रशासनले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस्