×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

पीएसजीमा आवद्ध हुँदै मेस्सी !

पीएसजीमा आवद्ध हुँदै मेस्सी !

बार्सिलोना फुटबल क्लबका पूर्वकप्तान एवं अर्जेन्टिनी फुटबलर लिओनल मेसी फ्रेन्च फुटबल क्लब पीएसजीमा आवद्ध हुने खेलकुदसम्बन्धी चर्चित टेलिभिजन च्यानल ईएसपीएन एफसीले दाबी गरेको छ ।

पीएसजीमा आवद्ध हुनुअघि सोमबार पेरिसमा उनको स्वास्थ्य परीक्षण गरिने इएसपिएन एफसीले जनाएको छ ।

त्यस्तै बिबिसीले पनि मेस्सी पीएसजी जाने सम्भावना रहेको उल्लेख गर्दै समाचार प्रकाशित गरेको छ ।

आइतबार बार्सिलोनाबाट औपचारिक रुपमा बिदा हुँदै गर्दा मेस्सी भावुक बनेका थिए । बिदाइका क्रममा गरिएको पत्रकार सम्मेलनमा उनले अहिलेसम्म कुन क्लबमा आवद्ध हुने भन्ने विषयमा टुङ्गो नलागेको बताएका थिए ।

 
 

प्रतिकृया दिनुहोस्