जुम्ला - जुम्लामा सीसीटीभी क्यामरा जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको दुःखद निधन भएको छ। मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–१ आचार्यबाडाका स्थायी बासिन्दा ३१ वर्षीय अर्जुन महतारा रहेका छन्। उनी हाल पातारासी गाउँपालिका–५ लासी बजारमा होटल सञ्चालन गर्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी रबिनबाबु रेग्मीका अनुसार आइतबार राति करिब साढे १० बजेतिर महतारा आफ्नै घरमा सीसीटीभी क्यामरा जडान गरिरहेका बेला करेन्ट लागेको थियो।
करेन्ट लागेपछि तत्काल उनलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए।
मृतक महताराले केही म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए।