काठमाडौं - गायक राजन न्यौपानेको सुमधुर स्वरमा तयार भएको नयाँ गीत “फुलको जोवन” सार्वजनिक भएको छ। Music Nepal Youtube channel बाट सार्वजनिक भएको यस गीतमा शब्द र सङ्गीत पनि स्वयम् गायक न्यौपानेकै रहेको छ। गीतमा मानव सुवेदीले सङ्गीत संयोजन गरेका छन्।
भिडिओमा रोशनी कार्की, जीवन अधिकारी, प्रशान्त केसी र राजन न्यौपानेको आकर्षक अभिनय देख्न सकिन्छ। युवावस्थाको प्रेम, भावना र परम्पराको सुन्दर मिश्रणले भरिएको यस गीतले प्रेमिल जोडीको भावनात्मक सम्बन्धलाई कलात्मक रूपमा व्यक्त गरेको छ।
भिडियोलाई सौरभ लामिछानेले छायाङ्कन तथा सम्पादन गरेका हुन् भने मानव सुवेदीको निर्देशन तथा लेखन रहेको छ। गीतले सार्वजनिक भएसँगै श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।