×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

दशैँको शुभकामना दिँदै पूर्व राजा शाहले भने : आज देशले जनउत्तरदयी भएर काम गर्ने व्यक्ति खोजिरहेको छ

दशैँको शुभकामना दिँदै पूर्व राजा शाहले भने : आज देशले जनउत्तरदयी भएर काम गर्ने व्यक्ति खोजिरहेको छ

काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले दशैँको शुभकामना दिँदै देशमा भइरहेको बेतिथिमाथि प्रश्न उठाएको छ। आज एक भिडियो सन्देश जारी गर्दै शाहले देशलाई महान बनाउनको सट्टा संकटतर्फ धकेल्ने काम भएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

‘समाजमा सत्य स्थापित सद्भाव जाग्रित गर्ने दानवी प्रवृतिको नास गर्ने दशैँ हो। शान्ति होस् सदाचार रहोस् आपसी सद्भाव बढोस् दशैँ पर्वको यही आस्य हो। त्यसैले देशभित्र र बाहिर रहेका सबै नेपालीमा मंगलमय शुभकामना,’ उनले भनेका छन्, ‘कुनै पनि नेपालीलाई यो समय सजिलोसँग बितिरहेको छ जस्तो लाग्दैन। बहुदलीय प्रणालीमा विभिन्न राजनीतिक दलहरू व्यक्ति हुन्छन्। स्वस्थ प्रतिस्पर्धाबाट प्रतिनिधि आउँछन् तर आस्था सिद्धान्तका हिसाबले त्यो कति जनता केन्द्रित रहे भन्ने कुरा छ। पदलोभ भागबन्डा गरेकालाई राजनीति केन्द्रित हुँदै गएपछि देश र जनताको हालत के हुन्छ?’

उनले देशको हरेक क्षेत्र राजनीतिले गिजोलिएको प्रति पनि चिन्ता व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘कार्यपालिका व्यवस्थापिका र न्यायपालिकाको विकृतिले आज सर्वत्र प्रश्न उठेको छ। यो अवस्थाले जनतामा उत्साह छैन। मुलुकमा भविष्य निर्माणको कुनै भरोसा छैन। दायित्व केहो गर्न नहुने के हो यी सबैको कुरा कसले गर्ने आजको ज्वलन्त प्रश्न हो। देशप्रति बफादारी र जनउत्तरदायी भएर काम गर्ने पात्र आज देशले खोजीरहेको छ। प्रयोग र अभ्यासबाट नै देशलाई बचाउने र बनाउँदै जाने हो।’

पूर्खाले आर्जेको स्वाधिनतालाई असफलतातर्फ धकेल्ने काम भइरहेको भन्दै संरचना बदल्दै, केही नामाकरण गर्दैमा देश निर्माण नहुने कुरा पुष्टी भएको उनले बताएका छन्।

‘पूर्खाले आर्जेको यो स्वाधिनलाई असफलतातर्फ धकेल्नुहुन्छ। संसरचना बदलेर, केही नामकरण गरेर सुन्दर देश निर्माण हुँदैन रहेछ। नेपाल निरन्तर देशी विदेशीहरूको क्रिडा भूमि भन्ने जनगुनासो छ। सार्वभौम नेपाललाई आफ्नै अस्तित्वलाई समन्नुत र समृद्धिमा पुननिर्माणमा ध्यान दिनुजरुरी छ’ उनले भने।

नेपाललाई महान देश बनाइराख्न र युवायुवतीलाई नेपालमै बस्ने वातावरण बनाउन पनि अहिलेको व्यवस्था असफल भएको उनको ठहर छ।
‘नेपाललाई महान बनाउन जरुरी छ। नेपालमा अवसर नभएर हो कि नखोजेर हो हजारौँ युवायुवती दिनहुँ युवायुवती विदेशीएका छन्। देशमाथि घातक प्रयास भइरहेको छ,’ उनले भने, ‘इतिहास संकटापन्न छ। संस्कृतिहरू विस्थापित गरिएको छ। परराष्ट्र नीति असफल हुँदा सुरक्षाग्रस्त बन्दै गइरहेको छ। भ्रष्टाचारले समाज र व्यवस्थामाथि प्रश्न उठेको छ जनताको दैनिक जीवन सकसपूर्ण बनाएको छ। संविधानको रक्षा गर्न देशलाई दाउमा लगाउने अवस्था गरिएको छ
हाम्रो कुनै पनि कामले देश हार्न हुँदैन।’

 

 

प्रतिकृया दिनुहोस्