×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘लिम्बू महिलाहरूको सार्वजनिक उपस्थिति र अवस्था’ विषयक बहस सम्पन्न

‘लिम्बू महिलाहरूको सार्वजनिक उपस्थिति र अवस्था’ विषयक बहस सम्पन्न

काठमाडाैँ- अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा याक्थुङ युवा मञ्चद्वारा आयोजित ‘लिम्बू महिलाहरूको सार्वजनिक उपस्थिति र अवस्था’ विषयक छलफल/बहस कार्यक्रम सम्पन्न भएको छ ।

ललितपुरको किरात याक्थुङ चुम्लुङको केन्द्रीय कार्यालयको सभा हलमा भएको कार्यक्रममा वक्ताहरू त्रिभुवन विश्वविद्यालयका प्राध्यापक बालकृष्ण माबोहाङ र अधिवक्ता अमृता थेवे रहेका थिए भने कार्यक्रमको सहजकर्ता लेखक अरुणा लिम्बू रहेकी थिइन् ।

बालकृष्ण माबोहाङ (प्राध्यापक त्रिवि)
गोर्खा विस्तार भन्दा पहिले लिम्बू समुदायको आफ्नै मुल्य र मान्यता थियो । त्यसको विस्तार पछि लिम्बूको आफ्नो अभ्यास घटेर गयो। संस्कृतिहरू गोर्खा राज्यले बिस्तारै हडप्न थाल्यो । औपनिवेशवादले पहिचानलाइ धरापमा पार्दै लग्यो । अन्तर्राष्ट्रिय महिला दिवसले लिम्बू महिलाहरूलाइ समेट्छ कि समेट्दैन भन्ने बहसको विषय बन्न सक्छ ।

गोर्खा राज्यको विस्तारसगै नजिकैको ब्राह्मण पण्डितले सुब्बा, आदाङ्बे भन्दै दिनदिनै तपाईंको शान्ती सुखको लागि पाती पढिदिएको छु भन्दै आफ्नोतर्फ ढल्काउने प्रयास निरन्तर गर्यो र लिम्बूहरू पनि त्यसले गर्दा मलाई पनि शान्ती भइरहेको छ भन्ने विश्वास हुन थालेर विस्तारै त्यसैतिर आकर्षित हुन थालेको देखिएको छ ।

हाम्रो सोचाइ उपनिवेश शक्तिजस्तो आफैँलाइ ठूलो ठान्ने चलन अझै विद्यमान छ । लिम्बू समाजमा चाहिँ पुरुषको देउता हुँदैन अनि महिलासँग जग्गा हुँदैन। नेपालको मात्र नभएर संसारका आदिवासी महिलाहरूले धेरै निर्णयहरू आफैँ गर्न सक्छन् । पहिल्लो समयको विकास र परिवर्तनले आदिवासी महिलाहरूको धेरै कुराहरूलाई संकुचित बनाइदिएको छ ।

पितृसत्तात्मक देशको रुपमा रहेको र महिलालाइ चुलो चौकामा मात्र राख्नुपर्छ भन्ने समाजमा हुर्केर त्यस्तै शिक्षा पाएकाले सार्वजनिक रुपमा लिम्बू समुदायका महिलाहरूको उपस्थिति न्युन भएको छ ।

सबैभन्दा उन्नत जात नै मानिस भन्छन् तर कसैको निगरानीमा नियन्त्रणमा बस्नुपर्ने कस्तो उन्नत जात ? भन्ने पनि लाग्छ। हामीले हाम्रो संस्कृतिलाई पुनः जागृत गराउनको लागि कोट पाइन्ट नलगाउनु पुरानै लगाउनुपर्छ भन्ने होइन, त्यै कुराहरू लगाएपनि हाम्रो संस्कृतिलाइ फर्काउन सकिन्छ होला नि ?

आदिवासीहरू निहित स्वार्थको लागि नलागेको हुँदा अभ्यासमा ल्याएको हुँदा सबैको लागि पनि फाइदामूलक भएको छ भन्नेमात्र याक्थुङ काम चाहिँ पश्चिमा अनि कृश्चियन तिर गर्न थालियो। हाम्रो जुन प्राण शक्ति छ त्यसलाई पुन जागरण गर्नेतर्फ लाग्नुपर्छ । हामी पनि दास जस्तो भयौँ उनीहरू पनि पृथ्वी नास गर्ने जस्तो भयो। देशका नेताहरूले मात्र गरेन भनेर आरोप लगाउनुको साटो आफैँ त्यसलाई उजागर गर्नुपर्छ ।

अमृता थेवे (अधिवक्ता)
मुन्धुममा महिलाको अवस्थामा महिला नै अगाडी छन् । घर बनाउन सिकाउने पनि महिला नै (खापुरा मेन्यङ्नामा) खान सिकाउने, लगाउन सिकाउने पनि महिला नै थिए। लिम्बू समुदायमा पहिल्यै त्यो बेला पनि महिलाहरू स्वतन्त्र नै थिए । घरबाट निस्कन, मेलापात जान पनि स्वतन्त्र थिए । लिम्बू समुदायमा महिला पुरुषले यही मात्र काम गर्ने भनेर छुट्याइएको हुँदैन थियो । सबैकुरामा स्वतन्त्र थिए ।

जब आगोको आविष्कार भयो त्यसपछि चुलातिरै बस्ने र घरका कामम बढी सक्रिय हुन थाले । पहिले प्रकृति र महिलालाई पुजा गर्थे । संविधानले महिलाको अधिकार दिएपनी लिम्बू महिलाको अधिकारसग जोडिएको छैन । आदिवासी महिलाहरूलाई नेपालको संविधानमा कानुनले छुन सकेको छैन । राज्यको श्रोत साधनमा आदिवासी महिलाहरूको पहुँच पुगेको छैन ।

लिम्बू जातिहरू सत्ताको नजिक भएर महिलाहरू दबिन थाले । सुरुवातमा पृथ्वीनारायणको पालादेखी नै त्यसको सुरुवात भएको थियो। अबको आन्दोलन आदिवासी महिलाहरूले हामी को भावनामा गयौं भने हाम्रो स्वतन्त्रता फर्कन सक्छ । पश्चिमा देशहरूमा त म र मेरो स्वतन्त्रताको रुपमा अगाडी बढेको छ। आदिवासी महिलाहरूलाइ पनि आरक्षणको कोटा स्पष्ट राख्नुपर्छ । महिलाको उपस्तिथि अनिवार्य गर्नुपर्छ भनेर बाध्यात्मक व्यवस्था पनि ल्याउनुपर्छ।

प्रतिकृया दिनुहोस्