×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमालेमै रहेका सुदूरपश्चिमका दुई मन्त्रीले राजीनामा दिँदै

एमालेमै रहेका सुदूरपश्चिमका दुई मन्त्रीले राजीनामा दिँदै

धनगढी- नेकपा एमालेमै रहेका सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले राजीनामा दिने तयारी गरेका छन् । पार्टी विभाजनपछि एमालेमै रहेका मन्त्रीद्वयले आजै राजीनामा दिने तयारी गरेका हुन् । एमाले सांसदीय दलका नेतासमेत रहेका मन्त्री शाह र राज्यमन्त्री गहराज यसअघि माधव नेपाल समूहमा थिए ।

राजीनामा दिने अन्तिम तयारी भइरहेको राज्यमन्त्री गहतराजले बताइन् । स्रोतका अनुसार सकेसम्म आज ५ बजेभित्रै मुख्यमन्त्रीलाई राजीनामा बुझाउने तयारी गरिएको छ । प्रदेशमा १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको नेकपा (एस)ले सरकार सञ्चालन गर्ने तयारी गरेपछि मन्त्रीद्वय शाह र गहतराजले राजीनामा दिन लागेका हुन् ।

सभामुखबाहेक २४ सांसद रहेको एमाले सुदूरपश्चिम प्रदेशसभामा १० सांसदसहित चौथो दलमा सीमित बन्न पुगेको छ ।

प्रतिकृया दिनुहोस्