×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण

काठमाडौं - नवनिर्वाचित राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छिन । मङ्गलबार बिहान राष्ट्रपति भवनमा आयोजित एक समारोहका बीच उपाध्यक्ष अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उपराष्ट्रपति नन्दबहादुर पुनलगायत व्यक्तित्वहरुको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । 

शपथ ग्रहणलगत्तै उपाध्यक्ष अर्यालले संसद् सचिवालयमा पुगेर पदभार ग्रहण गरेकी हुन् । यस क्रममा उहाँले सङ्घीय संसदमा महिला सांसदहरुका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयमा हस्ताक्षर गरेकी छिन ।

प्रतिकृया दिनुहोस्