×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

बजेटबारे बाबुराम-‘नहुने चुनावको एमाले घोषणापत्र’

बजेटबारे बाबुराम-‘नहुने चुनावको एमाले घोषणापत्र’

काठमाडौँ- जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले नयाँ बजेटले सिधासादा मतदातालाई ललिपप बाँडेको टिप्पणी गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले बजेटबारे सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया दिँदै यस्तो भनेका हुन् । ‘अर्थमन्त्रीमार्फत वाचन गरिएको नहुने चुनावको एमाले घोषणापत्रमा कुनै संरचनात्मक परिवर्तनको छनक पाइएन,’ उनले भने, ‘सिधासादा मतदातालाई ललिपप बाँडेको देखियो ।’

पपुलिज्मममा पनि कुनै सिर्जनात्मकता नदेखिएका भट्टराईले बताए । ‘बजेटमा उनै घिसेपिटेका नारा र कार्यक्रम भेटियो । एउटै नयाँ कुरा एमालेले गोरखामा कुनै उमेदवार नउठाउने बुझियो !,’ उनले भनेका छन् ।

https://twitter.com/brb1954/status/1398679642383425536

 


 

प्रतिकृया दिनुहोस्