×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘सरकार प्रधान न्यायाधीशको कारिन्दा बन्यो’

‘सरकार प्रधान न्यायाधीशको कारिन्दा बन्यो’

काठमाडौँ- नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले कानून व्यवसायीहरूलाई डराउन सरकार प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको कारिन्दा बनेको आरोप लगाएका छन् । उनले अदालतमा प्रहरी परिचालन गरेर सरकारलाई प्रधान न्यायाधीशकाे कारिन्दा नबन्न चेतावनी समेत दिए । जनता र कानून व्यवसायीको आवाज सुन्न आग्रह गर्दै महासचिव पौडेलले जनचाहना विपरीतका शासनहरू ढल्ने गरेको दाबी गरे ।

उनले भने, ‘तपाईँ पनि कारिन्दा हुनभो क्यार, कृपया कारिन्दा नहुनुस्, आम नागरिक जनताको पक्षमा, जनताले के भनेका छन्, कानून व्यवसायीले के बोलेका छन्, त्यो सुनेर मात्रै शासन गर्नुहोस् ।’ उनले आफूलाई लोकतान्त्रिक भन्ने सरकारले अलोकतान्त्रिक काम नगर्न पनि भनेका छन् ।

 

प्रतिकृया दिनुहोस्