काठमाडौं – चर्चित गायिका रचना रिमाल र नवगायक माधब सुनुवारको स्वरमा सजिएको नयाँ गीत ‘दुइ दिनको जिन्दगीमा’ सार्वजनिक भएको छ। गीतलाई सोमबार माधब सुनुवारकै आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो।
गीतका शब्द र संगीत गायक सुनुवारकै सिर्जना हुन्। एरेन्जर दिपक काउछा मगरले यसलाई सजाएका छन् भने नरेश बिबिसीले मिक्सिङ गरेका छन्। गीतलाई भावपूर्ण शब्द र आधुनिक संगीत संयोजनमार्फत जीवन र सम्बन्धको सुन्दर अनुभूति दिन खोजिएको छ।
आर आर कलेजका विद्यार्थी माधब गाउन र अभिनयमा समान रूपमा रुचि राख्छन्। केही लोकप्रिय गीतहरूमा मोडलिङ गरेर अनुभव बटुलेका उनी यो गीतमार्फत पहिलो पटक गायकको रूपमा प्रस्तुत भएका हुन्। नयाँ पुस्ताका गायक–संगीतकारको रूपमा आफ्नो यात्रा सुरु गरेका माधब यस गीतप्रति निकै आशावादी देखिन्छन्।
गीतको भिडियो कृष्ण पान्डेले छायांकन गरेका हुन्। भिडिओमा गायिका रचना रिमाल र माधब सुनुवार आफैं फिचर्ड छन्। विद्यार्थी जीवनमै संगीतप्रति समर्पित माधब र स्थापित गायिका रचनाको जोडीलाई दर्शकले उत्साहका साथ स्वीकार्ने अपेक्षा गरिएको छ।
गीतलाई अहिले नै दर्शकले युट्युबमा सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। ‘दुइ दिनको जिन्दगीमा’ जीवनको छोटो यात्रामा प्रेम र आत्मीयताको महत्वलाई उजागर गर्ने भावपूर्ण गीतका रूपमा प्रस्तुत भएको छ।