×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रेस चौतारी नेपालको अध्यक्षमा फेरि गणेश बस्नेत

प्रेस चौतारी नेपालको अध्यक्षमा फेरि गणेश बस्नेत

कास्की- नेकपा एमाले निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत फेरि चयन हुनुभएको छ। गएको शुक्रवारदेखि पोखरामा भइरहेको प्रेस चौतारीको नवौँ राष्ट्रिय महाधिवेशनबाट बस्नेत अध्यक्षमा चयन हुनुभएको छ । बस्नेत यसअघि पनि सङ्गठनको अध्यक्ष हुनुहुन्थ्यो। यसैगरी प्रेस चौतारी नेपालले कार्यसमितिका पदाधिकारीहरू पनि चयन गरेको छ।

सङ्गठनको उपाध्यक्षहरूमा गणेश पाण्डे, सविन प्रियासन र देविका घर्ती मगर रहेका छन्। यस्तै महासचिवमा हिरामान लामा, तथा उपमहासचिवमा शुरोजंग पाण्डे र राजु सुवेदी चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा इन्द्र आचार्य चयन हुँदा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, विष्णु तारुके, लोग्सरी कुँवर र हरिवल्लभ नेपाल चयन भएका छन् ।

प्रतिकृया दिनुहोस्