×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पृथ्वीतर्फ आउँदै गरेको ‘लियोनार्ड’ धूमकेतु नाङ्गै आँखाले पनि देख्न सकिने

पृथ्वीतर्फ आउँदै गरेको ‘लियोनार्ड’ धूमकेतु नाङ्गै आँखाले पनि देख्न सकिने

काठमाडौँ- पछिल्ला केहि दिनयता नेपालको आकाशमा लियोनार्ड नाम गरेको धूमकेतु देखिएको छ । यो धूमकेतु नेपालको आकाशमा बिहान सूर्योदय हुनुभन्दा केहि समयअघि उत्तर-पूर्वमा देख्न सकिने वरिष्ठ खगोलविद् जयन्त आचार्यले बताए । उक्त धूमकेतु आगामी बिहीबार पृथ्वीको सबैभन्दा नजिक आइपुग्ने भएकाले यसलाई नाङ्गै आँखाले पनि अवलोकन गर्न सकिने आचार्य बताउँछन् ।

वाइनाकुलर तथा टेलिस्कोप यन्त्रको माध्यमबाट हेर्दा यसको पुच्छरसमेत देख्न सकिने र यो करीब दुई लाख ५४ हजार किलोमिटर प्रतिघण्टाका दरले सूर्यको नजिकबाट हिँड्दै आइरहेको उनले बताए ।
लियोनार्ड धूमकेतु आज सूर्यको सबैभन्दा नजिक पुगेकाले यसलाई पृथ्वीबाट अवलोकन गर्न नसकिने उनी बताउँछन् ।

‘वृहस्पतिको बाटोको नजिकबाट हिँडिरहेको यो धूमकेतु मंसिर २५ गतेसम्म नेपालबाट पूर्वी आकाशमा बिहान देख्न सकिन्छ‚’ उनले भने । यसले आफ्नो अक्षमा १२ वर्षमा एकपटक परिक्रमा गर्ने उनले बताए । यो धूमकेतु गतवर्ष मात्र पत्ता लागेको नविनतम धूमकेतु हो ।

प्रतिकृया दिनुहोस्