काठमाडौं- आज (शुक्रवार) एकसाथ दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘सोल अफ द कमाण्डो’ र ‘डेसान’ आजदेखि प्रदर्शनमा आएका फिल्महरु हुन् । तिहारपछि पहिलोपटक हलमा एकसाथ दुई नेपाली फिल्म रिलिज भएका हुन् । कात्तिक ११ गतेदेखि प्रदर्शनमा आएको ‘महापुरुष’पछि कुनै नेपाली फिल्मले दर्शक तान्न नसकिरहेको अवस्था फरक जनरामा यी फिल्मले दर्शक तान्ने अपेक्षा गरिएको छ ।
एक्सन जनराको ‘सोल अफ द कमाण्डो’
दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी राजकुमार राई अभिनित फिल्म हो ‘सोल अफ द कमाण्डो’ । उनी २४ वर्षपछि यसै फिल्ममार्फत अभिनयमा पुनरागमन गरेका हुन् । सन् १९९८ मा रिलिज भएको फिल्म ‘कमाण्डो’पछि उनी पर्दामा देखिएका थिएनन् ।