राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आइतबार पार्टी कार्यालय जाने भएका छन् ।
सहकारी ठगीसम्बन्धी मुद्दामा धरौटी तिरेर शुक्रबार रिहा भएका लामिछाने पहिलो पटक पार्टी कार्यालय जान लागेका हुन् ।
पार्टी कार्यालय वनस्थलीमा दिउँसो ३ बजे लामिछानेलाई स्वागत् गरिने प्रवक्ता मनिष झाले जानकारी दिए । लामिछाने शुक्रबार रिहा भएपछि सोही दिन चितवन पुगेका थिए । शनिबार चितवनमा कार्यकर्तालाई सम्बोधन गरेर काठमाण्डु फर्किएर उनले जेन–जी आन्दोलनका घाइतेसँग भेटघाट गरेका थिए ।
उनी तत्काल पार्टीको मुख्य जिम्मेवारीमा फर्किने पनि रास्वपाले जनाएको छ ।