काठमाडौँ -कुमारी बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २.६७ प्रतिशत नगद लाभांश गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज ११ गते सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार ८३६ रुपैयाँ छ। ६ प्रतिशतका दरले ८३ करोड २७ लाख ८ हजार ४९० रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँ पुग्नेछ।