×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बैंक/वित्त

 नबिल बै‌‌‌‌‌‌‌‌कले 'नबिल डिजी वर्कस्पेस' सुरू गर्‍यो

 नबिल बै‌‌‌‌‌‌‌‌कले 'नबिल डिजी वर्कस्पेस' सुरू गर्‍यो

काठमाडौँ-    नबिल बै‌‌‌‌‌‌‌‌कले आफ्नो बै‌किङ सिटममा नयाँ 'नबिल डिजी वर्कस्पेस' सिस्टम सुरु गरेको छ । बैंकले कर्मचारी दक्षता स्तरोन्नती गर्न 'नबिल डिजी वर्कस्पेस' ल्याएको हो । यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने छ । सम्पूर्ण कर्मचारीले आफूले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने छन् र विद्युतीय प्रणालिबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ । नबिल डिजी वर्कस्पेसको उद्घाटन गर्दै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले कागजविहीन काम गर्ने वातावरण अबको आवश्यकता भएको बताए ।

नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरूले आफूले दैनिक गर्नु पर्ने काम के छ सोको जानकारी सहजै एक क्लिकबाट भेट्नेछन्  । यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुने बैंक जनाएको छ । सिस्टममा लागू भएपछि फाइल स्वीकृत गर्ने कर्मचारीहरुले सिस्टम अलर्ट पाउने र त्यहाँ अपलोड गरिएका फाइलहरू हेरेर ग्राहकका काम स्वीकृत गर्न सक्नेछन्। यसले कागजी प्रकृयाविना कार्य सम्पादन गर्न सहयोग पुग्ने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्