काठमाडौं- धनकुटाको सिधुुवामा २४ वर्ष पछि चण्डीपूर्णे (रगरगे) मेला आयोजना गरिने भएको छ । चण्डी पूर्णिमाको अवसरमा आउँदो वैशाख २२ गते मेला आयोजना गर्न लागिएको हो । बुधवार आयोजकले मेलाको बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
चण्डी पूर्णिमामा बर्सेनि सिधुवामा मेला लाग्ने गरेको थियो तर द्धन्द्धकाल यता भने मेला आयोजना हुन सकेको थिएन । यो पटक भने मेला लगाउने तयारी गरिएको आयोजक चण्डीपूर्णे (रगरगे) मेला आयोजक समितिले जानकारी दिएको हो । मेलामा धान नाच प्रतियोगिता तथा सिधुवा रनको आयोजना गरिने आयोजक संस्थाका संयोजक दीपक गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै मेलालाई आकर्षक बनाउन विभिन्न जातजातिको झाँकी, लाखे, चण्डी नाच आदि समेत गराइने जनाइएको छ । प्रतियोगिताको अधिकांश पुरस्कार स्थानीय ब्याक्तिद्वारा प्रायोजन गरिएको छ ।