×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भुक्तानी नपाए नेपालकाे रेल सञ्चालन नगर्ने भारतीय कम्पनी कोंकणको चेतावनी

भुक्तानी नपाए नेपालकाे रेल सञ्चालन नगर्ने भारतीय कम्पनी कोंकणको चेतावनी

भारतको कोंकण रेल्वे कर्पोरेसन लिमिटेडले जनयनर–जनकपुर–कुर्था रेल सञ्चालनका लागि सम्झौता रकमको २० प्रतिशत तत्काल भुक्तानी दिन चेतावनी दिएको छ ।

नेपाल रेल्वे कम्पनी र कोंकणबीच भएको उक्त रेल सञ्चालन सम्झौता अनुसार सम्झौता रकमको २० प्रतिशत अर्थात् झण्डै ८ करोड रुपैयाँ अग्रीम भुक्तानी दिनुपर्ने थियो । तर, हालसम्म पनि भुक्तानी नदिएको र रेल्वे कम्पनीका महाप्रबन्धकले राजीनामा दिएपछि कम्पनीले यस्तो चेतावनीयुक्त आशयको पत्र नेपाल रेल्वे कम्पनीलाई पठाएको हो ।

‘मैले बुधबार पदबाट राजीनामा दिएँ,’ मकालु खबरसँग उनले भने, ‘बुधबार नै कोंकणले पत्र लेखेर यस्तो अग्रीम रकम भुक्तानी नदिए सम्झौता नै खारेज गर्न सक्ने आशयको पत्र लेखेको रहेछ ।’ आफू नेपाल रेल्वे कम्पनीमा रहेकै कारण हालसम्म कोंकणले भुक्तानीमा दाबी नगरेको तर आफूलाई राजीनामा दिन बाध्य पारिएपछि राजनीतिक अनिश्चिताका बीच रेल सेवा सञ्चालन अनिश्चित हुने अनुमानको आधारमा कोंकणले यस्तो पत्र लेखेको हुन सक्ने उनले बताए ।

‘सम्झौता गरेको यतिका दिनसम्म मेरो पर्सनल अट्याचमेन्टका कारण कोंकणले अग्रीम भुक्तानी मागेको थिएन,’ निर्वतमान महाप्रबन्धक भट्टराईले भने, ‘हामी भुक्तानी गर्ने तयारीमा पनि थियौं । भारतले चालक र प्राविधिक गरी २७ जना दक्ष कर्मचारी रेल सञ्चालका लागि तयार पारेका छ । नेपाली १ सय ८० भन्दा बढी कर्मचारीलाई तालिम दिन पनि सहयोग गरेको छ । तर भुक्तानी नपाउने र राजनीतिक रुपमा अनिश्चित बनाउने गरिएपछि उसले पत्र लेखेको हो ।’

पत्रमा स्पष्ट रुपमा रेल सम्झौता तोड्ने कुरा उल्लेख नगरेको भए पनि बक्यौता भुक्तानी नदिए सम्झौता तोड्न बाध्य हुने आशय ब्यक्त गरेको निर्वतमान महाप्रबन्धक भट्टराईले बताए ।

प्रतिकृया दिनुहोस्