×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

धनुषामा पोखरीमा दुईवटा शव भेटियो

धनुषामा पोखरीमा दुईवटा शव भेटियो

काठमाडौँ- धनुषामा पोखरीमा डुबेको अवस्थामा दुईवटा शव भेटिएको छ । धनुषाधाम नगरपालिका–२ स्थित रहेको एक पोखरीमा दुईवटा शव भेटिएको हो । शव पोखरीबाट निकालिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए । ‘दुईवटा शव भेटिएको हो,’ उपरीक्षक बस्नेतले भने, ‘एकजना महिला र सानो एकजना बच्चा पनि छन् । अहिलेसम्मको प्रारम्भिक अनसन्धनअनुसार आमा छोरा हो कि भन्न भएको छ ।’

स्थानीयले पोखरीमा शव तैरिरहेको देखेपछि इलाका प्रहरी कार्यालय धनुषाधामलाई खबर गरेक थिए । घटनास्थलमा प्रहरी पुगिसकेको र अनुसन्धान गर्ने कार्य जारी रहेको उपरीक्षक बस्नेतले बताएका छन् ।

प्रतिकृया दिनुहोस्