×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

विश्वकप क्रिकेट फाइनल आज : न्युजिल्यान्ड र अस्ट्रेलिया भिड्दै

विश्वकप क्रिकेट फाइनल आज : न्युजिल्यान्ड र अस्ट्रेलिया भिड्दै

काठमाडौं - आईसीसी टी-ट्वान्टी विश्व कप क्रिकेटको उपाधिका लागि आज अस्ट्रेलिया र न्युजिल्यान्ड खेल्दैछन्। फाइनल खेल आज बेलुका पौने ८ बजे दुबईको अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ । दुवै टोली पहिलो पटक टी-२० विश्व कपको उपाधि जित्ने होडमा छन् । न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो भने अस्ट्रेलियाले दोस्रो पटक उपाधिका लागि खेल्न लागेको हो ।

सन् २०१० मा भएको विश्व कपमा अस्ट्रेलिया इङ्ग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो । अस्ट्रेलिया सुपर १२ मा समूह एकबाट दोस्रो हुँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । अस्ट्रेलिया इङ्ग्ल्यान्डसँग मात्रै पराजित भएको थियो भने बाँकी चार खेल जितेको थियो ।

सेमिफाइनलमा अस्ट्रेलियाले समूह दुईको विजेता पाकिस्तानलाई पाँच विकेटले हराएको थियो । त्यस्तै न्युजिल्यान्ड पनि समूह दुईको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । पाकिस्तानसँग पराजित न्युजिल्यान्डले भारत, स्कटल्यान्ड, नामिबिया र अफगानिस्तानलाई हराएको थियो ।

सेमिफाइनलमा न्युजिल्यान्डले समूह एकको विजेता इङ्ग्ल्यान्डलाई पराजित गरी फाइनलमा पुगेको हो । न्युजिल्यान्डका विकेट किपर डेभोन कोन्वे हातको समस्याले आजको खेल खेल्ने छैनन् । यी दुई टोलीबीच भएका १४ टी–२० खेलमा अस्ट्रेलियाले ९ तथा न्युजिल्यान्डले ५ खेल जितेको छ ।

प्रतिकृया दिनुहोस्