काठमाडौं - त्रिदेशीय त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालका ब्याट्सम्यान कुशल भुर्तेलले डेब्युपछि लगातार तीन खेलमा अर्धशतकीय पारी खेल्दै विश्वकीर्तिमान कायम गरेका छन् ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि कुशलले अर्धशतक बनाएका हुन् ।
कुशलले ४१ बलमा अर्धशतक बनाएका हुन् । अर्धशतक बनाउने क्रममा उनले ६ चौका र १ चौका प्रहार गरे । कुशल ६२ रनमा आउट भएका छन्।
यसअघि उनले मलेसिया विरुद्ध अविजित ६१ तथा नेदरल्यान्ड्सविरुद्धको पहिलो तथा डेब्यु खेलमा ६२ रन बनाएका थिए ।
कुशलले लगातार तीन खेलमा अर्धशतक बनाउने खेलाडी भारतका विराट कोहली, अष्ट्रेलियाको डेभिड वार्नर, सेन वाट्सन, पाकिस्तानका बाबर आजम, श्रीलंकाका कुमार संगकारासँग बराबरी गरेका छन् ।
टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा लगातार ४ अर्धशतक बनाउने खेलाडीको कीर्तिमान दुई जनामा रहेका छन् । लगातार ४ अर्धशतक बनाउनेमा वेष्ट इन्डिजका क्रिस गेल र न्युजिल्यान्डका ब्रेण्डन म्याकुलम रहेका छन् ।