×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्यूठानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

प्यूठानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

प्यूठान- प्यूठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्णिमा मेला हेर्न गएका प्यूठान नगरपालिका–५ पातलकटेरीका यात्रु बोकेको जीप गए राति प्यूठान नगरपालिका–५ पूर्णागाउँमा दुर्घटना  भएको हो ।

प्यूठान नगरपालिका–१ खैराको पूर्णिमा मेला हेर्न गएका यात्रु बोकी प्यूठान नगरपालिका–५ पातलकटेरीतर्फ गइरहेको लु१ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा पतलकटेरीकी ५२ वर्षीया मैयाँ घर्ती,  ४५ वर्षीय खुमान थापा र ४३ वर्षीया जुनकी थापाको घटनास्थलमै मृत्यु भएको वडासदस्य चूडामणि थापाले जानकारी दिनुभयो । उक्त घटनामा १२ जना घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनिल थापाले जानकारी दिनुभयो । स्थानीय र इलाका प्रहरी कार्यालय बिजुवारको टोलीले राति नै घाइतेको उद्धार गरी जिल्ला अस्पताल पु¥याएको थियो । 

जीप दुर्घटनाको कारण खुलेको छैन । जीपका चालक विनोद केएम फरार छन् । जीपमा १७ जना सवार रहेको प्रहरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस्