काठमाडौं- नेपालले साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा श्रीलंकाविरुद्ध ३-० गोलको अग्रता लिएको छ।
रश्मी घिसिङ,सरु लिम्बू र अमृता जैसीको गोलमा नेपालले तीन गोलको अग्रता लिएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भइरहेको खेलको १० औं मिनेटमा रश्मीले गोल गर्दै नेपाले अग्रता लिएको थियो।
उनले हिराकुमारी भुजेलको पासमा गोल गरेकी हुन्। त्यसको एक मिनेटपछि सरुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएकी छन्। उनले पुनम जर्घामगरको पासमा गोल गरेकी हुन्।
नेपालले १७ औं मिनेटमा अमृताले गोल गर्दै नेपालको अग्रता ३-० को बनाएकी छन्। नेपाल आजको खेलमा सहज जित निकाल्दै समूह विजेता भएर फाइनलमा पुग्ने योजनामा छ।