×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सीता एयरको जहाज बँदेलसँग ठोक्कियो

सीता एयरको जहाज बँदेलसँग ठोक्कियो

काठमाडाैँ- नेपालगञ्ज विमानस्थलमा सीता एयरको जहाजमा बँदेल ठोक्किएको छ । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा मंगलबार बिहान जहाजमा बँदेल ठोक्किएर दुर्घटनामा भएको हो । सीता एयरको जहाज हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको थियो । दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरू सकुशल छन् । जहाजको अगाडिको टायरमा प्वाल परेको छ । धावनमार्गबाट जहाज हटाएर विमानस्थल सञ्चालनको प्रयास भइरहेको छ ।

प्रतिकृया दिनुहोस्