×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओली समूहकै नेताद्वारा राजेन्द्र महतोको विरोध, अभिव्यक्ति राष्ट्रिय अखण्डता विरोधी

ओली समूहकै नेताद्वारा राजेन्द्र महतोको विरोध, अभिव्यक्ति राष्ट्रिय अखण्डता विरोधी

नवनियुक्त उपप्रधान तथा शहरी बिकासमन्त्री राजेन्द्र महतोले पदभार ग्रहण गर्दै गर्दा दिएको अभिव्यक्तिलाई लिएर सर्वत्र विरोध भई रहेको छ । बहुराष्ट्र निर्माणका लागि मुक्ति आन्दोलन गर्ने मतोको अभिव्यक्ति बिबादमा आएको हो ।

आफूले नियुक्त गरेका मन्त्रीको त्यस्तो अभिव्यक्ति आउँदा समेत मौन रहेको भन्दै प्रधानमन्त्रीकै आलोचना भइरहेका बेला ओली समूहका नेताले समेत महतोको अभिव्यक्तिको विरोध गरेका छन् । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले  महतोको अभिव्यक्तिको विरोध जनाएका छन् ।

नेता कँडेलले महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि  राष्ट्रिय मुक्ति  आन्दोलनको तयारी गर्ने’  भनि दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल भएको कँडेलले बताएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै कँडेलले शनिबार विरोध जनाएका हुन् । उनले भनेका छन्,‘ जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक  र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।’

 

प्रतिकृया दिनुहोस्