×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सरकारले तोक्यो राष्ट्रिय निर्बाचनको मिति

सरकारले तोक्यो राष्ट्रिय निर्बाचनको मिति

काठमाडौं - सरकारले राष्ट्रिय सभा रिक्त सदस्यको निर्वाचन मिति तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ १२ गते राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तोकेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जानकारी दिए ।

राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने १९ जना निर्वाचनबाट आउनेछन् ।
संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । त्यहीअनुसार निर्वाचन आयोगका पदाधिकारीहरूले सरकारलाई माघको दोस्रो साताभित्र निर्वाचन गर्न प्रस्ताव गरेका थिए ।

सरकारले आयोगको प्रस्तावबमोजिम नै निर्वाचन मिति तोकेर आयोगलाई तयारी अघि बढाउन आग्रह गरेको छ ।


 

 

प्रतिकृया दिनुहोस्