×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

शेयर बजार

बैंकिङ समूहले धान्यो नेप्से, सात अर्ब बढीको कारोबार

बैंकिङ समूहले धान्यो नेप्से, सात अर्ब बढीको कारोबार

काठमाडौँ - सेयर बजार मापन गर्ने नेप्से परिसूचक २.७ अंकले बढेको छ । ० दशमलव १ प्रतिशतले बढेर नेप्से २८१९.६५ बिन्दुमा पुगेको हो । बैंकिङ समूहमा भएको उच्च वृद्धिले नेप्से परिसूचकलाई घट्न रोकथाम गरेको छ । बैंकिङ समूहको परिसूचक २.४७ प्रतिशतले बढेको छ । 
फाइनान्स समूहको परिसूचकमा पनि सामान्य वृद्धि भएको छ । कारोबारमा आएका १३ समूहमा ११ समूहको परिसूचक कमजोर छ । मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । 

सात अर्ब ७६ करोड रुपैयाँ बराबर सेयर किनबेच भएको छ । ८७ हजार ८ सय १० पटकको कारोबारमा एक करोड ५७ लाख कित्ता सेयर किनबेच भएको छ । योसँगै बजार पुँजीकरण ३९ खर्ब ४७ अर्ब रुपैयाँ बराबरको छ ।

प्रतिकृया दिनुहोस्